काठमाडौं। जय देवकोटाको शब्द,संगीतमा “धेरै पल्ट हारेको छु” सार्वजनिक भएको छ।
जय देवकोटाको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक जय देवकोटा र मिन बहादुर बिश्वोकर्माको सुमधुर स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई मदन के.सी.ले संगीत संयोजन र जय देवकोटाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा सुमन पौडेल/जय देवकोटा/शिव पन्थी JR को अभिनय रहेको छ। सरोज शाहीले छायाँङ्कन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन्। तरङ्ग डिजिटल स्टुडियोको प्रस्तुती रहेको “धेरै पल्ट हारेको छु” म्यूजिक भिडियो Jaya Devkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :