काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिशाल सोनीको तीज गीत “गुलेली तन्कियो” सार्वजनिक भएको छ।
बिशाल सोनीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्तीश्री परियार र लोक प्रिय गायक बिशाल सोनीको सुमधुर स्वर रहेको छ। OZONE डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु सुनामले संगीत संयोजन र बिनोद परियार मिक्सिङ/मास्टरिङ गरेका हुन्।
संजिला सुमित्राको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा राजेश हमाल,बिशाल सोनी र कुमारी बराइलीको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन,कलर गरेका हुन्। बिशाल सोनीको प्रस्तुती रहेको “गुलेली तन्कियो” म्यूजिक भिडियो Bishal Sony युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :