Menu Close

यज्ञ सापकोटाको मौलिक तीज गीत “घर झगडा भाग-७” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले यज्ञ सापकोटाको तीज गीत “घर झगडा भाग-७” सार्वजनिक भएको छ ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायकहरु पशुपति शर्मा,अर्जुन सापकोटा,यज्ञ सापकोटा र गायिकाहरु सम्झना भण्डारी,सिता के.सी.,सुनिता सुनारकाे समुधुर आवाजमा तीज गीत “घर झगडा भाग-७” सार्वजनिक भएको छ । पशुपति शर्मा,यज्ञ सापकोटा,
अर्जुन सापकोटाले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । यज्ञ सापकोटाले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र “घर झगडा भाग-१,२,३,४,५,६” तीज गीतलाई अत्याधिक मन परायर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भयका छन्।

टंक डुम्रेको शब्द,यज्ञ सापकोटाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक पशुपति शर्मा,अर्जुन सापकोटा,यज्ञ सापकोटा र मिठो स्वरकी धनी गायिका सम्झना भण्डारी,सिता के सी,सुनिता सुनारको सुमधुर स्वर रहेको छ। Ozone डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण के. सी.ले संगीत संयोजन र बिनोद परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

मदन खड्काको कथा/निर्देशन रहेको उक्त भिडियोमा सुरबीर पण्डित/रमा थपलिया/यज्ञ सापकोटा/आयुष्मा कार्की/अर्जुन सापकोटा र सरस्वती फुयालको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । अकला देवी म्यूजिकको प्रस्तुती रहेको “घर झगडा भाग-७” म्यूजिक भिडियो Yagya Sapkota Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *