Menu Close

शान्तीश्री परियार र समिक्ष्या अधिकारीको सुमधुर आवाजमा तीज गीत “माछी” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले लोमश शर्माको तीज गीत “माछी” सार्वजनिक भएको छ ।

पुर्षोत्तम गैरेको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्तीश्री परियार र समिक्ष्या अधिकारीको सुमधुर स्वर रहेको छ।
1 DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

लोमश शर्माको निर्देशन,कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रियंका कार्की,लोमश शर्मा,कविता नेपाली र अनु परियारको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । लोमश शर्माको प्रस्तुती रहेको “माछी” म्यूजिक भिडियो Lomash Sharma Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *