Menu Close

शिमा नेपाली र दिपेन थापाको सुमधुर आवाजमा तीज गीत “झुम्का बरिलै” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले दिपेन थापाको तीज गीत “झुम्का बरिलै” सार्वजनिक भएको छ ।

आशिश गौतमको शब्द,दिपेन थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शिमा नेपाली र लोक प्रिय गायक दिपेन थापाको सुमधुर स्वर रहेको छ। Ozone डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई यम थापाले संगीत संयोजन र बिनोद परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

काजिश श्रेष्ठको निर्देशन/कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त भिडियोमा काजिश श्रेष्ठ र काब्य खड्काको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । Nepco Entertainmentको प्रस्तुती रहेको “झुम्का बरिलै” म्यूजिक भिडियो Nepco Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *