Menu Close

संगम लामिछानेको तीज गीत “धनी ठुलो हो कि मनै ठुलो होला” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले संगम लामिछानेको तीज गीत “धनी ठुलो हो कि मनै ठुलो होला” सार्वजनिक भएको छ ।

बिक्रमबाबु विश्वोकर्माको शब्द,नन्दु परियारको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका संगम लामिछाने र लोक प्रिय गायक खेम सेन्चुरीको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

अशोक बिश्वोकर्माको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा लोमस शर्मा/लोसिना लामिछाने/सरोज प्रज्जा/जुना एस.डि./विजय पुन र नारायणी खत्रीको अभिनय रहेको छ। रामेश्वोर उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । संगम लामिछानेको प्रस्तुती रहेको “धनी ठुलो हो कि मनै ठुलो होला” म्यूजिक भिडियो Sangam Lamichhane
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *