काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले देवी थापानेको तीज गीत “सिङ्गापुरे लाहुरे” सार्वजनिक भएको छ ।
संजय श्रीपालको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका देवी थापा र पुष्पा छेत्रीको सुमधुर स्वर रहेको छ। सुर साधन डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई तेजेन्द्र दुराले संगीत संयोजन र तेजेन्द्र गुरुङले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
शेर बहादुर डि.सी.को निर्देशन,समिर थोकरको कोरियोग्राफी रहेको उक्त भिडियोमा पुष्पा छेत्री र अस्मि बि.क.को अभिनय रहेको छ। सुशील डाँगीले छायाँङ्कन गरेको भिडियोलाई सुशील डाँगीले सम्पादन,कलर गरेका हुन् । देवी थापाको प्रस्तुती रहेको “सिङ्गापुरे लाहुरे” म्यूजिक भिडियो Devi Thapa युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :