Menu Close

मदन खड्काको निर्देशन/कोरियोग्राफीमा देवी घर्तीको तीज गीत “मुटुको ढुक ढुकी” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले देवी घर्ती मगरको तीज गीत “मुटुको ढुक ढुकी” सार्वजनिक भएको छ ।

रबिन लामिछानेको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका देवी घर्ती मगर र लोक प्रिय गायक राजु ढकालको सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजेन्द्र बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

मदन खड्काको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा जीवन वाग्ले र समिक्ष्या भुजेलको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । देवी घर्ती मगरको प्रस्तुती रहेको “मुटुको ढुक ढुकी” म्यूजिक भिडियो Devi Gharti Magar युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *