काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै बबिता बानिया “जेरी”को तीज गीत “सितारा भरेको सारी” सार्वजनिक भएको छ ।
बबिता बानिया “जेरी”को शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका देवी घर्ती मगरको सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुनिल परियारले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मदन खड्काको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा बबिता बानिया “जेरी”,प्रकाश सोनी र ऋतु तामांगको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । बबिता बानिया “जेरी”को प्रस्तुती रहेको “सितारा भरेको सारी” म्यूजिक भिडियो Babita Baniya Jeri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :