काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिर्ख सिंह (अभिषेक) को तीज गीत “नाच पियारी” सार्वजनिक भएको छ ।
धन राज चुनाराको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुस्मा बि.सी.र लोक प्रिय गायक बिर्ख सिंह (अभिषेक) को सुमधुर स्वर रहेको छ। शंकारा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
जि.बि.आग्रीको निर्देशन,संजय बिश्वोकर्माको कोरियोग्राफी रहेको उक्त भिडियोमा साजन शर्मा,दुर्गा भट्ट,गणेश बि.सी.र कुसुम परियारको अभिनय रहेको छ। नरेश ऐरले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । बिर्ख सिंह (अभिषेक) को प्रस्तुती रहेको “नाच पियारी” म्यूजिक भिडियो HighlightsNepal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :