काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले ओम प्रकाश के.सी.को तीज गीत “पुलिस केस” सार्वजनिक भएको छ ।
कृष्ण प्रिय आचार्यको शब्द,खेम सेन्चुरीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ति श्री परियार र लोक प्रिय गायक ओम प्रकाश के.सी.को सुमधुर स्वर रहेको छ। मालिका डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमराज डाँगीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
शेर बहादुर डि.सी.को निर्देशन,समिर थोकरको कोरियोग्राफी रहेको उक्त भिडियोमा अस्मिता बिश्वोकर्मा,शेर बहादुर डि.सी.र आशा भुषालको अभिनय रहेको छ। सुशील डाँगीले छायाँङ्कन गरेको भिडियोलाई सुशील डाँगीले सम्पादन,कलर गरेका हुन् । ओम प्रकाश के.सी.को प्रस्तुती रहेको “पुलिस केस” म्यूजिक भिडियो Om Star Digital युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :