काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले मौसम गुरुङको तीज गीत “हाँसेर लाऊ माया सानु” सार्वजनिक भएको छ ।
ओम छिनालको शब्द,मौसम गुरुङको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कालिका रोका मगर/रचना मगर र लोक प्रिय गायक मौसम गुरुङको सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण के.सी.ले संगीत संयोजन र खडग बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा जुना बिश्वोकर्मा र रायन बश्यालको अभिनय रहेको छ। दुर्गा पौडेलले छायाँङ्कन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन,कलर गरेका हुन् । कालिका रोका मगर र रचना मगरको प्रस्तुती रहेको “हाँसेर लाऊ माया सानु” म्यूजिक भिडियो Mousam Gurung युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :