काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले कामना ओलीको तीज गीत “घन्काइदेउ स्पीकर” सार्वजनिक भएको छ ।
जय देवकोटाको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कामना ओली र लोक प्रिय गायक पशुपति शर्मा/जय देवकोटाको सुमधुर स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मदन खड्काको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा पशुपति शर्मा/सरद एल.जी./अस्मिता रोका र भाबना आचार्यको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायाँङ्कन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । कामना ओलीको प्रस्तुती रहेको “घन्काइदेउ स्पीकर” म्यूजिक भिडियो Kamana RodhiGhar युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :