Menu Close

अमर राज पुनको शब्द,जय देवकोटाको संगीतमा तीज गीत “तीजको बेला रमाइलो” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले अमर राज पुनको तीज गीत “तीजको बेला रमाइलो” सार्वजनिक भएको छ ।

अमर राज पुनको शब्द,जय देवकोटाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मिना लामाको सुमधुर स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

दिनेश सिङ्ग ठकुरीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सगुन थापाको अभिनय रहेको छ। सरोज शाहीले छायाँङ्कन गरेको भिडियोलाई सरोज शाहीले सम्पादन,अनिल रानाले कलर गरेका हुन् । अमर राज पुनको प्रस्तुती रहेको “तीजको बेला रमाइलो” म्यूजिक भिडियो Raja Creation Ghar युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *