काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सरु बोहराको तीज गीत “चट्टै माया लै लै” सार्वजनिक भएको छ ।
शिव हमालको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सरु बोहराको सुमधुर स्वर रहेको छ। 1DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई चेतन गोतामेले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा नीना बुढाथोकीको अभिनय रहेको छ। कारण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । सरु बोहराको प्रस्तुती रहेको “चट्टै माया लै लै” म्यूजिक भिडियो
Shiva Hamal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :