Menu Close

आर.के.परियारको शब्द/संगीतमा तीज गीत “चसक्कै भो दिल” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले आर.के.परियारको तीज गीत “चसक्कै भो दिल” सार्वजनिक भएको छ ।

आर.के.परियारको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुनिता बूढा छेत्रीको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामस्वेत रसाइलीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

मौसम हिमालीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा आर.के.परियार,सुप्रिया परियार र रुबिना परियारको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । आर.के.परियारको प्रस्तुती रहेको “चसक्कै भो दिल” म्यूजिक भिडियो RK Pariyar युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *