Menu Close

बिमला हुमागाई (बोधश्री)को तीज गीत “के लाई पिर लिन्छौ मायाले” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिमला हुमागाई (बोधश्री)को तीज गीत “के लाई पिर लिन्छौ मायाले” सार्वजनिक भएको छ ।

बिरेन्द्र ढकालको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुनिता बूढा छेत्री र लोक प्रिय गायक पशुपति शर्माको सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई महेन्द्र भण्डारीले संगीत संयोजन र खड्का बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

आदित्य बुढाथोकीको निर्देशन,राहुल बराइलीको कोरियोग्राफी रहेको उक्त भिडियोमा दिक्पाल कार्की,बिना राउत,राज र निना बुढाथोकीको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । बिमला हुमागाई (बोधश्री)को प्रस्तुती रहेको “के लाई पिर लिन्छौ मायाले” म्यूजिक भिडियो BODHA ONLINE TV युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *