Menu Close

मेनुका सोनी र पशुपति शर्माको सुमधुर आवाजमा तीज गीत “माया लाउने” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले मेनुका सोनीको तीज गीत “माया लाउने” सार्वजनिक भएको छ ।

बिक्रमबाबु बिस्वकर्माको शब्द,नन्दु परियारको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मेनुका सोनी र लोक प्रिय गायक पशुपति शर्माको सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पूर्ण संयोगले संगीत संयोजन र खड्का बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

निशान बानियाको निर्देशन,अमर सुनारको कोरियोग्राफी रहेको उक्त भिडियोमा सुरेश कोहली र अश्मिता रनपालको अभिनय रहेको छ। सुरेस श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई सुजन कोइरालाले सम्पादन,कलर गरेका हुन् । मेनुका सोनीको प्रस्तुती रहेको “माया लाउने” म्यूजिक भिडियो Panas Films युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *