Menu Close

मनीषा ओली र जय देवकोटाको सुमधुर आवाजमा “बर्खा लाग्यो” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। रमेश बिस्ट र चन्द्रावती कार्कीको अभिनयमा “बर्खा लाग्यो” सार्वजनिक भएको छ ।

मनीषा ओलीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मनीषा ओली र लोक प्रिय गायक जय देवकोटाको सुमधुर स्वर रहेको छ। तरङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई जय देवकोटाले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

दिनेश सिंह ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा रमेश बिस्ट र चन्द्रावती कार्कीको अभिनय रहेको छ। सरोज शाहीले छायाँङ्कन गरेको भिडियोलाई सरोज शाहीले सम्पादन,कलर गरेका हुन् । मनीषा ओलीको प्रस्तुती रहेको “बर्खा लाग्यो” म्यूजिक भिडियो Manisha Oli
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *