Menu Close

जय देवकोटा र सिमा थापाको सुमधुर आवाजमा तीज गीत “नाटकै बढी मायालु” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले जय देवकोटाको तीज गीत “नाटकै बढी मायालु” सार्वजनिक भएको छ ।

जय देवकोटा/सागर बि.सी.को शब्द,जय देवकोटाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सिमा थापा र लोक प्रिय गायक जय देवकोटाको सुमधुर स्वर रहेको छ। तरङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन र जय देवकोटाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रविन थापाको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा सहिन प्रजापति/उषा सुबेदीको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । जय देवकोटाको प्रस्तुती रहेको “नाटकै बढी मायालु” म्यूजिक भिडियो
Jaya Devkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *