काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बामदेव भाटको मौलिक तीज गीत “सुन माया” सार्वजनिक भएको छ ।
बामदेव भाटको शब्द,पवन रानाभाटको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका इना बेलबासे र लोक प्रिय गायक बामदेव भाटको सुमधुर स्वर रहेको छ। Fine Tune स्टुडियोमा रेकर्ड गरेको गीतलाई पवन रानाभाटले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिष्णु भट्टराईको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा सन्तोष शर्मा,पुनम पन्थी सुनार,अनुभब पौडेल,पुस्पा के.सी.र आविस्कार आचार्यको अभिनय रहेको छ। बिष्णु भट्टराईले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु भट्टराईले सम्पादन,कलर गरेका हुन् । बामदेव भाटको प्रस्तुती रहेको “सुन माया” म्यूजिक भिडियो Pawan Ranabhat युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :