Menu Close

हेमराज डाँगी र सिमरन परियारको सुमधुर आवाजमा तीज गीत “हरहर महादेव” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले हेमराज डाँगीको तीज गीत “हरहर महादेव हरहर” सार्वजनिक भएको छ ।

अनिल खनालको शब्द,हेमराज डाँगीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सिमरन परियार र लोक प्रिय गायक हेमराज डाँगीको सुमधुर स्वर रहेको छ। मालिका स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमराज डाँगीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

दिनेश सिंह ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा दिनेश डाँगी र सिमरन परियारको अभिनय रहेको छ। सरोज शाहीले छायाँङ्कन गरेको भिडियोलाई निराजन के.सी.ले सम्पादन,राजेश कुमारले कलर गरेका हुन् । दांग स्वर्गद्वारी म्यूजिकको प्रस्तुती रहेको “हरहर महादेव हरहर” म्यूजिक भिडियो Sangeet Jhatka युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *