Menu Close

अस्मिता अधिकारीको सुमधुर आवाजमा तीज गीत “माईतीको गाउमा” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले दशरथ दनुवारको तीज गीत “माईतीको गाउमा” सार्वजनिक भएको छ ।

सन्तोष दाहालको शब्द,बिशाल निरौलाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

कृष्ण पौडेलको निर्देशन,प्रविन थापाको कोरियोग्राफी रहेको उक्त भिडियोमा झरना थापा,इन्दु दनुवार,रबिन कार्की र एम.डि.अजामको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । दशरथ दनुवारको प्रस्तुती रहेको “माईतीको गाउमा” म्यूजिक भिडियो G Media Connection युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *