काठमाडौं। मेलिना मैनाली र टेक बि.सी.को सुमधुर आवाजमा “मरे संगै मरौला बाँचे बाँचाैला” सार्वजनिक भएको छ ।
भिम बि.सी.को शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मेलिना मैनाली र लोक प्रिय गायक टेक बि.सी.को सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई विश्व अधिकारीले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
माधव शर्माको कथा/निर्देशन रहेको उक्त भिडियोमा रोशन के.सी.र केकी अधिकारीको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन,कलर गरेका हुन् । रोशन के.सी.को प्रस्तुती रहेको “मरे संगै मरौला बाँचे बाँचाैला” म्यूजिक भिडियो
Roshan KC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :