Menu Close

एन्जिला रेग्मी,अपेक्षा गिरिको सुमधुर आवाजमा तीज गीत “हे शिव परम” सार्वजनिक (भिडियोसहित)

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले अपेक्षा गिरिको तीज गीत “हे शिव परम” सार्वजनिक भएको छ ।

भिम बि.सी.को शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका एन्जिला रेग्मी,अपेक्षा गिरिको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशव बडूले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राजाराम सिम्खडा निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा नारायणी खत्री,ममता राना मगर,एन्जिला रेग्मी र अपेक्षा गिरिको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई शिव पौडेलले सम्पादन,कलर गरेका हुन् । अपेक्षा गिरिको प्रस्तुती रहेको “हे शिव परम” म्यूजिक भिडियो Apekchya Giri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.