Menu Close

प्रभा पोख्रेलको तीज गीत “फेरियो जमाना” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले प्रभा पोख्रेलको तीज गीत “फेरियो जमाना” सार्वजनिक भएको छ ।

प्रभा पोख्रेलको शब्द,राजेश थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका जुनु रिजाल काफ्लेको सुमधुर स्वर रहेको छ। किंग स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन,अनिल थुलुंग राईको कोरियोग्राफी रहेको उक्त भिडियोमा रिचा थापाको अभिनय रहेको छ। करण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । प्रभा पोख्रेलको प्रस्तुती रहेको “फेरियो जमाना” म्यूजिक भिडियो Prabha Pokhrel युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *