Menu Close

मित्र के.सी.को शब्द/संगीतमा “बेकार भो” (फिमेल भर्सन) सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। प्रेक्ष्या लम्सालको सुमधुर आवाजमा “बेकार भो” (फिमेल भर्सन) सार्वजनिक भएको छ ।

मित्र के.सी.को शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका प्रेक्ष्या लम्सालको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको कथा/निर्देशन रहेको उक्त भिडियोमा दिनेश कठायत,प्रिया गोले र रेनुका आचार्यको अभिनय रहेको छ। योदीन यौवनले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । सुनिल दवाडीको प्रस्तुती रहेको “बेकार भो” (फिमेल भर्सन) म्यूजिक भिडियो Sunil Dawadi युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *