काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले नुतन भुसालको तीज गीत “परदेशीको तीज” सार्वजनिक भएको छ ।
नुतन भुसालको शब्द,दीपकराज बिश्वकर्माको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ। Audiolab स्टुडियोमा रेकर्ड गरेको गीतलाई दीपकराज बिश्वकर्माले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मदन खड्काको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा पुष्पा थापाको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायाँङ्कन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन,कलर गरेका हुन् । नुतन भुसालको प्रस्तुती रहेको “परदेशीको तीज” म्यूजिक भिडियो Nutan Music युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :