काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बाबुल गिरिको तीज गीत “मलाई त अब त्यै केटा चाहियो” सार्वजनिक भएको छ ।
सरोज गौतमको शब्द,बाबुल गिरिको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ। Peak स्टुडियोमा रेकर्ड गरेको गीतलाई धन बहादुर गिरिले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
संगीत सागर बुर्जाको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा मोनिका बुढाथोकी र रामहरी खड्काको अभिनय रहेको छ। ओम प्रसाईले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । बाबुल गिरिको प्रस्तुती रहेको “मलाई त अब त्यै केटा चाहियो” म्यूजिक भिडियो Babul Giri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :