Menu Close

मनु दाहाल र सुरेश लामाको सुमधुर आवाजमा “जल्नेको मन जलिरहोस” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। किरण के.उप्रेतीको शब्द,नबिन कार्कीको संगीतमा “जल्नेको मन जलिरहोस” सार्वजनिक भएको छ ।

किरण के.उप्रेतीको शब्द,नबिन कार्कीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मनु दाहाल र लोक प्रिय गायक सुरेश लामाको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

निरेन श्रेष्ठको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा दीपेन्द्र सोनाम र आयुषा छेत्रीको अभिनय रहेको छ। चक्र बहादुर बरालले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । मनु दाहालको प्रस्तुती रहेको “जल्नेको मन जलिरहोस” म्यूजिक भिडियो Manu Dahal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *