काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले दिपक शर्माको तीज गीत “चाईनेकेरे लाहुरे त” सार्वजनिक भएको छ ।
दिपक शर्माको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका बेनिशा पौडेलको सुमधुर स्वर रहेको छ। Wave स्टुडियोमा रेकर्ड गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन र मनोज परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
हरि हुमागाईंको निर्देशन,युमी बलामीको कोरियोग्राफी रहेको उक्त भिडियोमा आश्मा बिश्वोकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई हरि हुमागाईंले सम्पादन,प्रविन मानन्धरले कलर गरेका हुन् । Creative Hatsको प्रस्तुती रहेको “चाईनेकेरे लाहुरे त” म्यूजिक भिडियो Creative Hats युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :