काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सदिक्ष्या अधिकारीको तीज गीत “यो तीजमा नाच्ने हो कडा” सार्वजनिक भएको छ ।
किशन चौलागाईंको शब्द,संगीत रहेको उक्त गीतमा प्रतिमा अर्याल,मनोज परियार र किशन चौलागाईंको सुमधुर स्वर रहेको छ। M.F. स्टुडियोमा रेकर्ड गरेको गीतलाई नारायण दंगालले संगीत संयोजन र मनोज परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
किशन चौलागाईंको निर्देशन/सम्झना सापकोटाको कोरियोग्राफी रहेको उक्त भिडियोमा सदिक्ष्या अधिकारी,अमृता रोक्का,ओम प्रकाश पंगेनी, किशन चौलागाईं,सुजन बुढा थापा,सम्झना सापकोटा,अन्जना भट्टराई,प्रमिला दाहाल,मंजु पौडेल,सुस्मा चौधरी,संजिता चौधरी,भावना ठकुरी,सरोज बुढा थापा,प्रमिता थापा र दिपेन्द्र रौनियारको अभिनय रहेको छ। मनोज मालेले छायाँङ्कन गरेको भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन,कलर गरेका हुन् । सदिक्ष्या अधिकारीको प्रस्तुती रहेको “यो तीजमा नाच्ने हो कडा” म्यूजिक भिडियो Nepali Lok Geet Dohori
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :