काठमाडौं। मन्जित पहाडीको शब्द,गणेश अधिकारीको संगीतमा “आँसु पुछ्दैछु” सार्वजनिक भएको छ ।
मन्जित पहाडीको शब्द,गणेश अधिकारीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक गणेश अधिकारी र मिठो स्वरकी धनी गायिका बिष्णु माझीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
आशिर प्रताप जंगको कथा/निर्देशन रहेको उक्त भिडियोमा स्मारिका ढकाल र अर्जुन न्यौपानेको अभिनय रहेको छ। राम के.सी.ले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । Smita Sneha Entertainmentको प्रस्तुती,राजेन्द्र खत्री निर्माता रहेको “आँसु पुछ्दैछु” म्यूजिक भिडियो Smita Sneha Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :