काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बिश्वास नेपालको तीज गीत “कान्छीको जोबन खाली हो” सार्वजनिक भएको छ ।
आवास लुइँटेलको शब्द,बिश्वास नेपालको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारी र लोक प्रिय गायक बिश्वास नेपालको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिश्वास नेपालले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा उदित थापा र यशु भट्टराईको अभिनय रहेको छ। दुर्गा पौडेलले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । बिश्वास नेपालको प्रस्तुती रहेको “कान्छीको जोबन खाली हो” म्यूजिक भिडियो Bishwas Nepal Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :