काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले कविता शिवाकोटीको तीज गीत “तीज आयो लै बरि लै” सार्वजनिक भएको छ ।
गौरभ दर्पण/कृष्ण उदाशीको शब्द,गौरभ दर्पणको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कविता शिवाकोटी,अश्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। सुर संगम स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुरथ प्रधानले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
गौरभ दर्पणको निर्देशन,कवि मिलन बिश्वकर्माको कोरियोग्राफी रहेको उक्त भिडियोमा करुणा सिंह,सुधा लम्साल,गीता भण्डारी,संगीता रेग्मी,
अन्जोली लामा,मङ्गला पौडेल,चबनी श्रेष्ठ महर्जन,तुलसी महतारा,शारदा नेवा,दीपा मल्ल,राधा लामा र बिनिता श्रेष्ठको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । D-Mandu Dance Studio को प्रस्तुती रहेको “तीज आयो लै बरि लै” म्यूजिक भिडियो D-Mandu Dance Studio युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :