Menu Close

दिपा शाही र आदित्य शाही ठकुरीको अभिनयमा तीज गीत “कस्ती देखिए म” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले शान्ती शाही चन्दको तीज गीत “कस्ती देखिए म” सार्वजनिक भएको छ ।

शान्ती शाही चन्दको शब्द,अनिश दवाडीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती शाही चन्द,दिपा रोकायाको सुमधुर स्वर रहेको छ। बिग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जीवन बडूले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

जेरी भण्डारीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा दिपा शाही र आदित्य शाही ठकुरीको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । शान्ती शाही चन्दको प्रस्तुती रहेको “कस्ती देखिए म” म्यूजिक भिडियो Shanti Shahi युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *