काठमाडौं। कृष्ण बि.क.को शब्द,संगीतमा “राधा पियारी” सार्वजनिक भएको छ ।
कृष्ण बि.क.को शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्री परियार र लोक प्रिय गायक कृष्ण बि.क.को सुमधुर स्वर रहेको छ। ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई ANXMUSले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।
जी.बि.अग्रीको कथा/निर्देशन,संजय बिश्वोकर्माको कोरियोग्राफी रहेको उक्त भिडियोमा पूर्ण बिक्रम शाह (पल शाह) र मालिका महतको अभिनय रहेको छ। अर्जुन तिवारीले छायाँङ्कन गरेको भिडियोलाई सुपृम पराजुलीले सम्पादन,कलर गरेका हुन् ।लक्षरा फिल्म्सको प्रस्तुती रहेको “राधा पियारी” म्यूजिक भिडियो OSR Digital युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :