Menu Close

बिपना बिस्टको सुमधुर आवाजमा “छामेर छात्तीमा” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। जुनु बिस्टको शब्द,बिशाल निरौलाको संगीतमा “छामेर छात्तीमा” सार्वजनिक भएको छ ।

जुनु बिस्टको शब्द,बिशाल निरौलाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका बिपना बिस्टको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

संकेत अगस्तीको निर्देशन रहेको उक्त भिडियोमा समिप निरौला,सपना जनक,बिबेक बि.क.र कृषा श्रेष्ठको अभिनय रहेको छ। सुनिल रावतले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । जनक बि.क.निर्माता रहेको “छामेर छात्तीमा” म्यूजिक भिडियो
Bipana Bista युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *