काठमाडौं। समिक्ष्या अधिकारी र रामजी खानको सुमधुर आवाजमा “तिमीलाई पाउन के गरम मैले” सार्वजनिक भएको छ ।
राम्कांत न्यौपानेको शब्द,बादल घिमिरेको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारी र लोक प्रिय गायक रामजी खानको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बि.क.ले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
निकेश खड्काको निर्देशन,राजिब समरको कोरियोग्राफी रहेको उक्त भिडियोमा निता ढुंगाना,रामजी खान र बादल घिमिरेको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई बिकाश धमलाले सम्पादन,कलर गरेका हुन् । राम्कांत न्यौपानेको प्रस्तुती रहेको “तिमीलाई पाउन के गरम मैले” म्यूजिक भिडियो NAMASTE PLUS युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :