काठमाडौं। ममता गुरुङ र मेघ पौडेलको सुमधुर आवाजमा “खास हुन मन छ” सार्वजनिक भएको छ ।
कृष्ण ओलीको शब्द,ज्ञानेन्द्र गिरिको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका ममता गुरुङ र मेघ पौडेलको सुमधुर स्वर रहेको छ। ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई संजीव बराइलीले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
केशब राज भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी र सुरक्ष्या इटनीको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । मेघ पौडेलको प्रस्तुती रहेको “खास हुन मन छ” म्यूजिक भिडियो Megh Paudel Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :