काठमाडौं। टंक डुम्रेको शब्दमा “सुन्धारा चोक” सार्वजनिक भएको छ ।
टंक डुम्रेको शब्द,यज्ञ सापकोटाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक हरि गिरि/टंक डुम्रे/यज्ञ सापकोटा/धुर्ब रेग्मी र मिठो स्वरकी धनी गायिका अस्मिता छेत्रीको सुमधुर स्वर रहेको छ। OZONE स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण के.सी.ले संगीत संयोजन गरेका हुन्।
मदन खड्काको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा टंक डुम्रे/यज्ञ सापकोटा/डिप्सोन छेत्री/मधु कंडेल /शिखा थापा/अप्सरा पोखरेल/रोयल प्रिन्स सिंह/गुमी घर्ति मगर/दिपेश एस.के./सपना चन्द/धुर्ब रेग्मी र अस्मिता छेत्रीको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । अकलादेबी म्यूजिकको प्रस्तुती रहेको “सुन्धारा चोक” म्यूजिक भिडियो Yagya Sapkota Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :