काठमाडौं। डि.बी.लामाको शब्द,संगीतमा “एउटै चाहना” सार्वजनिक भएको छ ।
डि.बी.लामाको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक जीवन प्रधानाङ्ग र मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। अलंग्कार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
केशब राज भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा राज टाईगर र जुना कार्कीको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । सदिक्ष्या फिल्मस्को प्रस्तुती रहेको “एउटै चाहना” म्यूजिक भिडियो Sadikshya Films Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :