काठमाडौं। प्रतिमा अधिकारी र सुरज पण्डितको शब्दमा “हजुरकै मायाले” सार्वजनिक भएको छ ।
सुरज पण्डित/प्रतिमा अधिकारीको शब्द,सुरज पण्डितको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुरज पण्डित र मिठो स्वरकी धनी गायिका उषा गजुरेलको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन र श्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
नारायण मगरको निर्देशन,सियोन श्रेष्ठको कोरियोग्राफी रहेको उक्त भिडियोमा कुशल बिस्ट/श्वेता मिश्र/सुरज पण्डित र उषा गजुरेलको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई दिन्सोन शाहले सम्पादन,कलर गरेका हुन् । उषा गजुरेलको प्रस्तुती,सम्राट दाहाल/भुपेन पट्टेल निर्माता रहेको “हजुरकै मायाले” म्यूजिक भिडियो Usha Gajurel Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :