Menu Close

झगेन धिमालको शब्द,सौगात जंग थापाको संगीतमा “अन्तै माया साट्यौ” सार्वजनिक (भिडियोसहित)

काठमाडौं। रोजिना बस्नेतको स्वरमा “अन्तै माया साट्यौ” सार्वजनिक भएको छ ।

झगेन धिमालको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सिर्जन बराल (ऋषि)को कथा/निर्देशन रहेको उक्त भिडियोमा सनाम कठायत/ममता ओली/अन्जु खड्का /सौगात जंग थापाको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन/कलर गरेका हुन् । झगेन धिमालको प्रस्तुती रहेको “अन्तै माया साट्यौ” म्यूजिक भिडियो G Media Connection Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.