काठमाडौं। नबिन कुमार शाहीको शब्द,सौगात जंग थापाको संगीतमा “बाचा तोड्दिन म” सार्वजनिक भएको छ ।
नबिन कुमार शाहीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरी र लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सिर्जन बराल (ऋषि)को निर्देशन रहेको उक्त भिडियोमा अनुजा सिंह र ज्ञानु नेपालीको अभिनय रहेको छ। चक्र बहादुर बरालले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन/कलर गरेका हुन् । नबिन कुमार शाहीको प्रस्तुती रहेको “बाचा तोड्दिन म” म्यूजिक भिडियो Nabinkumar Shahi Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :