Menu Close

सरु देउजा र प्रमोद खरेलको सुमधुर स्वरमा “भेटै नहुनी” सार्वजनिक (भिडियोसहित)

दिपक शर्माको शब्द/संगीतमा “भेटै नहुनी” सार्वजनिक भएको छ।

दिपक शर्माको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सरु देउजा र लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। Wave डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्राहिल कार्कीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा शिशिर भण्डारी र दिपा शाहीको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन,कलर गरेका हुन् । दीपक लामिछाने निर्माता,सरु देउजाको प्रस्तुती रहेको “भेटै नहुनी” म्यूजिक भिडियो Saru Deuja युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.