डि.पी.खनालको शब्द,सौगात जंग थापाको संगीतमा “सय वर्ष” सार्वजनिक भएको छ।
डि.पी.खनालको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरी र लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
जनक सिंहको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सनाम कठायत/अम्बिका तामांग/जोर्डन एस आर र सपना छेत्रीको अभिनय रहेको छ। दीपक गीरी र गणेश साउदले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । Everest Gallery को प्रस्तुती रहेको “सय वर्ष” म्यूजिक भिडियो Everest Gallery युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :