Menu Close

युबिन ढुंगाना र स्मारिका ढकालको अभिनयमा “प्रेम को डोरी” सार्वजनिक (भिडियोसहित)

Share

एकेन्द्र भुलको शब्द,बिशाल निरौलाको संगीतमा “प्रेम को डोरी” सार्वजनिक भएको छ।

एकेन्द्र भुलको शब्द,बिशाल निरौलाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका रोजिना बस्नेत र लोक प्रिय गायक सुरेश लामाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सियोन श्रेष्ठको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा युबिन ढुंगाना र स्मारिका ढकालको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । Yubin Entertainmentको प्रस्तुती रहेको “प्रेम को डोरी” म्यूजिक भिडियो Yubin Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *