Menu Close

प्रीति आले र हर्क गहतराजको सुमधुर स्वरमा “मन छ मलाई पडकाउन” सार्वजनिक (भिडियोसहित)

Share

अभि सुनारको शब्द/संगीतमा “मन छ मलाई पडकाउन” सार्वजनिक भएको छ।

अभि सुनारको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका प्रीति आले र लोक प्रिय गायक हर्क गहतराजको सुमधुर स्वर रहेको छ। ए पल्स डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कमल अधिकारीले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

अलोन रेशमको निर्देशन,राहुल बराइलीको कोरियोग्राफी रहेको उक्त भिडियोमा अभि सुनार/सन्ध्या छेत्री/निशा गौतम र सुबाश गहतराजको अभिनय रहेको छ। नरेश ऐरले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन/कलर गरेका हुन् । हर्क गहतराजको प्रस्तुती रहेको “मन छ मलाई पडकाउन” म्यूजिक भिडियो Harka Gahatraj युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *