Menu Close

रबिन गिरीको शब्द,कार्की जीको संगीतमा “राजाको राज्य” सार्वजनिक (भिडियोसहित)

Share

सिम्रन परियारको सुमधुर स्वरमा “राजाको राज्य” सार्वजनिक भएको छ।

रबिन गिरिको शब्द,सुबाश कार्की (कार्की जी)को संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सिम्रन परियारको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सी.डि.विजय अधिकारीको कथा/निर्देशन रहेको उक्त भिडियोमा दिपेन्द्र राज गिरि,सदिक्ष्या पाण्डे र पार्वती श्रेष्ठको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई डिन्सोन शाहले सम्पादन/कलर गरेका हुन् । SP Creationको प्रस्तुती रहेको “राजाको राज्य” म्यूजिक भिडियो Sadikshya Pandey Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *